काठमाण्डौ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश पदमा दरखास्त आह्वान गरेको छ। न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको हो।
आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २/ २ जना र दलित तथा अपांगता भएकाबाट १/ १ जना नियुक्तिको लागि दरखास्त मागिएको हो। परीक्षा आगामी वैशाख २७, २८, २९ र ३० गते हुने सूचनामा उल्लेख छ।
अर्थ चाैतारी ।