logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सार्वजनिक

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सार्वजनिक

    845
    SHARES
    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सार्वजनिक

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम थप प्रक्रियाका लागि सार्वजनिक भएको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्र मूल्यांकनका आधारमा ४३ मध्ये १४ जनाको नामावली सार्वजनिक गरेको जनाइएको छ ।



    सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना आवेदकहरूले दरखास्तसँगै बुझाएका थिए ।

    उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जनाको सूची सार्वजनिक गरेको हो । कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाका नाम सूची सार्वजनिक भएको हो ।

    सूचीमा परेकाहरुको यही माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतिकरण र अन्तर्वार्ता हुने गरी तालिका तय भएको छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरिने समितिले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट