logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र युएइको अल अली ग्रुपबीच व्यावसायिक साझेदारी

    हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र युएइको अल अली ग्रुपबीच व्यावसायिक साझेदारी

    832
    SHARES
    हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र युएइको अल अली ग्रुपबीच व्यावसायिक साझेदारी

    काठमाण्डौ । हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारी सुरू गरेका छन्। अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।



    अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुकियाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यो समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकाले अजायाले छोटो समयमै विश्वबजारमा पहिचान बनाउने अपेक्षा गरिएको बताइएको छ।

    त्यस्तै, चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवम् प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्ने उल्लेख छ। समझदारीपछि अजायाका राकेशकुमार अडुकियाले अजाया हिरामा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड रहेको बताए।

    ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनको भनाइ थियो। निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने उनले बताए। अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रूप दिन यो समझदारी कोसेढुंगा साबित हुने बताए।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट