logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • छाडा कुकुर व्यवस्थापनका लागि बन्ने भयो होस्टेल

    छाडा कुकुर व्यवस्थापनका लागि बन्ने भयो होस्टेल

    1.3K
    SHARES
    छाडा कुकुर व्यवस्थापनका लागि बन्ने भयो होस्टेल

    बागलुङ । बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको होस्टेल बनाउने उल्लेख गरेको थियो।



     

    यसका लागि नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही माघ २५ गते सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए। नगरपालिकाको रु ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु ६५ लाख बजेटमा सो होस्टेल निर्माण उनले बताए।

     

    ‘बागलुङ नगरपालिकाले नीति तथा कार्यक्रममार्फत रु २० लाख बजेट विनियोजन गरेको थियो, पछि मुख्यमन्त्री कार्यालयसँग साझेदारीमा रु एक करोड लागतमा होस्टेल निर्माण र व्यवस्थापनसहितको सम्झौता भएको हो’, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने।

    उनका अनुसार होस्टेल निर्माण गरी असारभित्रै कुकुरका व्यवस्थापन गरिनेछ। होस्टेलमा पशु चिकित्सकसहित हेरचाह गर्ने मानिसको समेत व्यवस्थापन हुनेछ। कुकुर होस्टेल निर्माण गर्न जग्गा खोजीरहेको नगरपालिकाले जनाएको छ।

    बागलुङ बजारमा छाडा कुकुरको बिगबिगी भएकाले दीर्घकालीन नियन्त्रणका लागि पाँच रोपनी जग्गामा होस्टेल बनाउन लागिएको हो नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गर्दै आइरहेको बागलुङ नगरपालिकाले जनाएको छ। रासस


    अर्थ चाैतारी
  • आइतबार, २८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट