logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भ्रष्टाचार गर्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याउछौँः प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचार गर्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याउछौँः प्रधानमन्त्री प्रचण्ड

    663
    SHARES
    भ्रष्टाचार गर्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याउछौँः प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्णसमर्थन र सहयोग रहने बताएका छन् ।

    आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘माथिल्लो तहदेखि तल्ला तहसम्म गलत काम गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।’


    अर्थ चाैतारी
  • आइतबार, २८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट