logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सात महिनामा ५ खर्ब ६१ अर्ब १४ करोड रूपैयाँ राजस्व संकलन

    सात महिनामा ५ खर्ब ६१ अर्ब १४ करोड रूपैयाँ राजस्व संकलन

    1.1K
    SHARES
    सात महिनामा ५ खर्ब ६१ अर्ब १४ करोड रूपैयाँ राजस्व संकलन

    काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब ६१ अर्ब १४ करोड रूपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको सात महिना सकिँदासम्म राजस्वको लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन ।



    सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। चालु आवको हालसम्ममा सरकार पर्याप्त मात्रामा राजस्व संकलन गर्नबाट चुकेको छ। सरकारले चालु आर्थिक वर्षको सात महिना बित्नु एक दिन अघिसम्म लक्ष्यको ३९.४५ प्रतिशत अर्थात् पाँच खर्ब ६१ अर्ब १४ करोड रूपैयाँ राजस्व संकलन गरेको हो।

    सरकारले चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। माघ २८ गतेसम्ममा भने कर राजस्वतर्फ लक्ष्यको ३८.६७ प्रतिशत अर्थात् पाँच खर्ब चार अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।

    सरकारले चालु आवको सात महिना बित्न एक दिन मात्रै बाँकी रहँदा कुल लक्ष्यको ३८।४१ प्रतिशत अर्थात् ६ खर्ब ७२ अर्ब रूपैयाँ खर्च गरेको छ। सरकारले चालु आवको सात महिना सकिन एक दिन मात्रै बाँकी रहँदा चालु खर्चतर्फ पाँच खर्ब एक अर्ब रूपैयाँ खर्च गरेको छ। सरकारले हालसम्म चालु खर्चतर्फ ४३.९ प्रतिशत खर्च गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट