logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • दोब्बर बढीको आवेदन, पाँच सिफ्टमा ईपीएस परीक्षा

    दोब्बर बढीको आवेदन, पाँच सिफ्टमा ईपीएस परीक्षा

    923
    SHARES
    दोब्बर बढीको आवेदन, पाँच सिफ्टमा ईपीएस परीक्षा

    काठमाण्डौ । रोजगार अनुमति प्रणाली ९ईपीएस० सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो ।



    सो शाखाका अनुसार शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिइन् । ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग ९एचआरडी०ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।

    ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । शाखाका अनुसार ईपीएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजनिक गर्ने विषयमा कोरियन पक्ष ९एचआरडी०सँग छलफल भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    अर्थ चाैतारी
  • सोमबार, ७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट