logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

    1K
    SHARES
    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

    काठमाण्डौ। त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका बराललाई उपकुलपति नियुक्त गरेका हुन् । उनी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन ।



    उनी सत्तारुढ नेकपा माओवादी निकट प्राध्यापकका रूपमा चिनिएका छन् । पहिलो नम्बरमा सिफारिस गरिएका चित्रबहादुर बुढाथोकी पनि मा‌‌‍‍‍‍ओवादी निकट भएकाले कसलाई नियुक्त गर्ने भन्नेबारे माओवादी भित्रै एकमत थिएन ।

    नेता वर्षमान पुन, देवेन्द्र पौडेल बुढाथोकीलाई उपकुलपति बनाउनुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री प्रचण्ड नै बरालको पक्षमा रहेको चर्चा हुने गरेको थियो ।

    यस पटक सरकारले उपकुलपतिमा खुला विज्ञापन गरेको थियो । जसमा ४३ जनाले आवेदन दिएकोमा सिफारिस समितिले १४ जनाको सर्ट लिष्ट गरेको थियो ।उनीहरूमध्ये ४ वर्षीय कार्य योजना र अन्तर्वार्ताको आधारमा तीन जनाको नाम सिफारिस गरिएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको संयोजकत्वमा गठित छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य थिए ।

    प्राप्तांकका आधारमा पहिलोमा चित्रबहादुर बुढाथोकी (७८ नम्बर), दोस्रोमा केशरजंग बराल (७६ नम्बर) र तेस्रोमा टंकनाथ धमला (७५ नम्बर) थिए।

    कुलपति एवं प्रधानमन्त्री दाहालले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाएका हुन्।

    बरालले दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बरालले काठमाण्डौ फर्केर नियुक्तिपत्र बुझ्नेछन्।

    त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली थियो ।


    अर्थ चाैतारी
  • विहिबार, १० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट