logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • झापाको एउटा सहकारीका चारजना जेल चलान, बचतकर्ताको रकम हिनामिना गरेको ठहर

    झापाको एउटा सहकारीका चारजना जेल चलान, बचतकर्ताको रकम हिनामिना गरेको ठहर

    962
    SHARES
    झापाको एउटा सहकारीका चारजना जेल चलान, बचतकर्ताको रकम हिनामिना गरेको ठहर

    काठमाण्डौ । झापा जिल्ला अदालतले सहकारीको रकम अपचलन गरेको अभियोग लागेका चार जनालाई जेल सजाय हुने फैसला गरेको छ। दमकमा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरज लिम्बु, पूर्व उपाध्यक्ष आकाश थुलुङसहित चार जनालाई जेल सजाय हुने फैसला भएको हो।



     

    बचतकर्ता दिपु चापागाईं र तमोन्ना निरौलासहितले उनीहरुविरुद्ध बचतकर्ताको रकम हिनामिना गरेको भन्दै अदातलमा मुद्दा दायर गरेका थिए। नवरन्त सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक गरेर चार जनालाई जेल सजायको फैसला भएको जिल्ला अदालत झापाका सूचना अधिकारी गायत्री बाह्रकोटीले जानकारी दिइन्।

     

    लिम्बु र थुलुङलाई जनही एक वर्ष कैद र नगद १० हजार रुपैँया जरिवाना तिराउने फैसाला भएको हो। त्यसैगरी सहकारीका व्यवस्थापक सहरमान राई र कर्जा विभाग प्रमुख गौरव राजवंशीलाई जनही ३ वर्ष जेल र ३० हजार रुपैयाँ नगद जरिवाना गराउने फैसला भएको छ। उजुरीकर्ता निरौलाको मात्रै यो सहकारीले ४८ लाख रुपैयाँ हिनामिना भएको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट