logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नापी सर्वेक्षक र मालपोत कार्यालयका नासुसहति पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    नापी सर्वेक्षक र मालपोत कार्यालयका नासुसहति पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    1.6K
    SHARES
    नापी सर्वेक्षक र मालपोत कार्यालयका नासुसहति पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाण्डौ । नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । २ लाख ५० हजार घस लिएको अवस्थामा फागुन ९ गते पक्राउ परेका उनीहरुविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।



     

    उनीहरुविरूद्ध जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।

    नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदिप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट