काठमाण्डौ । नेपालमा स्मार्टफोन ,सुनचाँदी, मदिरा तथा भिनेगर, निजी सवारीसाधन (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचरको आयात बढि हुने गरेको छन्।
चालु आर्थिक वर्ष को पहिलो सात महिनामा नेपालमा १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरको स्मार्टफोन नेपालमा आयात भएको छ । यो अवधिमा ११ लाख २६ हजार ७४७ वटा स्मार्टफोन आयात गरिएको भन्सार विभागले जनाएको छ ।
यो अवधिमा दुई अर्ब ६८ करोड ३२ लाख पाँच हजार रुपैयाँको विभिन्न प्रकारका रेफ्रिजेरेटर नेपाल भित्र्याइए छ । नेपालले यो अवधिमा ६ अर्ब रुपैयाँभन्दा बढीको विभिन्न प्रकारका मेकअप सामग्री आयात गरेको विभागले जनाएको छ ।
यस्तै यो अवधिमा १५ अर्ब ४६ करोड ९१ लाख ११ हजार रुपैयाँ भन्दा बढीको कार र जीप तथा दुई अर्ब २६ करोड ९६ लाख एक हजार रुपैयाँको विभिन्न प्रकारका रक्सी आयात गरिएको छ । यो अवधिमा विभिन्न देशबाट ३६ करोड ५२ लाख ९० हजार रुपैयाँका चश्मा र ६४ करोड ७ लाख ७९ हजार रुपैयाँका घडी, ४७ करोड ६९ लाख ३९ हजार रुपैयाँका क्यामेरा, ६५ करोड चार लाख ५१ हजार रुपैयाँका टेलिभिजन सेट र २२ करोड ४८ लाख २४ हजार रुपैयाँभन्दा बढीको विभिन्न प्रकारका वाद्ययन्त्र आयात भएको भन्सार विभागले जनाएको छ ।
यस्तै यो अवधिमा चार अर्ब ४२ करोड २४ लाख २१ हजार रुपैयाँ बराबरका ६८ हजार ५३९ थान ल्यापटप तथा नोटबुक भित्रिएको छ । गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा १४ अर्ब ६२ लाख ५६ हजार रुपैयाँको एक हजार ६७० किलो सुन आयात भएको छ ।
अर्थ चाैतारी ।