logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने

    भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने

    793
    SHARES
    भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने

    काठमाण्डौ । अब भारतबाट नेपाल आएका पर्यटक तथा भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् । फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया ९एनपीसीआई०बीच भएको समझदारी अनुसार आजदेखि भुक्तानी गर्न मिल्ने भएको हो ।



     

    भारतमा भिम यूपीआई र फोन पे प्रयोग गरिरहेको ग्रहकले भुक्तानी गर्न सक्ने छन् । प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अन्तरदेशीय अनलाइन कारोबार गर्नको लागि भारतीय प्रयोगकर्ताले फोन पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ ।

    फोन पे का सीईओ दिवस सापकोटाले आजबाट फोन पे को क्युआर मार्फत अन्तरदेशीय अनलाइन कारोबार सुरु भएको बताए ।

    उनले भने, ‘अब भारतबाट नेपाल आएका पर्यटक लगात भारतीयहरुले फोन पे मार्फत क्युआरबाट भुक्तानी गर्न सक्ने छन् । यसले क्यास बोकेर हिड्नु पर्ने झन्झट् हटाएको छ ।’

    भारतीय ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा सुरु भएपछि नेपाली ग्रहाकले भने भारतमा भुक्तानी गर्न पाउने छैनन् ।


    अर्थ चाैतारी
  • बुधबार, १६ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट