गैँडाकोट । अनेरास्वबियु गैडाकोट नगर कमिटीको आयोजनामा गैडाकोट १ स्थित श्रीमद रामानुज वेद विद्या आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ । अनेरास्वबियु गैडाकोट नगर कमिटीले गुरुकुलमा रहेका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको अनेरास्वबियु गैडाकोट नगर कमिटी अध्यक्ष नवीन ढकालले जानकारी दिए ।
अनेरास्ववियु नवलपुर जिल्ला सचिवालय सदस्य प्रमोद पोखरेलको प्रमुख आतिथ्यताम भएको थियो । कार्यक्रममा बोल्दै उनले अनेरास्वबियु गैडाकोट नगर कमिटीको शैक्षिक सहयोग कार्यक्रम उत्कृष्ट रहेको बताए । उनले भने पश्चिमा सभ्यताले समाजमा जरा गाडेको समयमा गुरुकुलले हाम्रो सभ्यता जोगाएको छ । हाम्रो सभ्यता संसारकै उत्कृष्ट छ । अनेरास्ववियु सधै विद्यार्थी हकहितका लागि डटेर लाग्दै हाम्रो सभ्यता र संस्कार पक्षमा उभिने छ । हाम्रो सन्स्कार सभ्यताले नै हाम्रो वास्तविक परिचय दिनेछ ।
गैंडाकोट नगर कमिटी सचिब कमरेड दिनेश कुमार ठाडाले सहजिकरण गरेका थिए । कार्यक्रममा नेकपा एमाले पार्टी तथा जनसङ्गठनका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने अतिथीले विद्यार्थी भाइहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
कार्यक्रममा गुरुकुलका शिक्षाक दामोदर सापकोटाको पनि उपस्थिति रहेको थियो । गुरुकुल परिवारले सहयोगप्रति आभार व्यक्त गरेको छ ।
अर्थ चाैतारी ।