logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विभिन्न २८ देशमा नेपाल टेलिकमले घटायो अन्तर्राष्ट्रिय रोमिङ सेवा शुल्क

    विभिन्न २८ देशमा नेपाल टेलिकमले घटायो अन्तर्राष्ट्रिय रोमिङ सेवा शुल्क

    1.5K
    SHARES
    विभिन्न २८ देशमा नेपाल टेलिकमले घटायो अन्तर्राष्ट्रिय रोमिङ सेवा शुल्क

    काठमाण्डौ । नेपाल टेलिकमले विदेशका आफ्ना सिम प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा शुल्क घटाएको छ । विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग सम्झौता गरी शुल्क घटाएको हो ।



     

    कम्पनीका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई सस्तो मूल्यमा डाटा सेवा पाउनेछन् ।

    नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध रहेको छ ।

    त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, यूएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिनेछ । रोमिङ सेवा र यसको महसुलदर बारेमा विस्तृत विवरण एनटीसीको वेबसाइटमा उपलब्ध रहेको छ ।

     

    डाटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्छ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट ‘स्टार१४१५स्टार७ ह्यास’ डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट