logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • जनवरी र फेब्रअरी महिनामा चीनको निर्यातमा वृद्धि

    जनवरी र फेब्रअरी महिनामा चीनको निर्यातमा वृद्धि

    1.4K
    SHARES
    जनवरी र फेब्रअरी महिनामा चीनको निर्यातमा वृद्धि

    काठमाण्डौ । सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि भएको छ । चिनियाँ सामान्य भन्सार प्रशासनका अनुसार जनवरी र फेब्रअरीमा निर्यात ७ दशमलब १ प्रतिशतले बढेको छ ।



    यसले विश्लेषकहरूको ब्लुमबर्ग सर्वेक्षणमा १ दशमलब ९ प्रतिशतको पूर्वानुमानलाई गलत सावित गरिदिएको चिनियाँ सामान्य भन्सार प्रशासनले बताएको छ । चीनमा वैदेशिक निर्यातमा लगातार ६ महिनाको सङ्कुचनपछि नोभेम्बरदेखि यसमा सामान्य वृद्धि भइरहेको छ । यद्यपि, मुद्रास्फीति र उच्च ब्याज दरका कारण विश्वव्यापी आर्थिक परिदृश्यको बारेमा चिन्ताले चिनियाँ सामानहरूको मागलाई कम गरिरहेको छ ।

    वाणिज्यमन्त्री वाङ वेन्ताओले बेइजिङमा आयोजित एक प्रमुख राजनीतिक भेलाका क्रममा हिजो हालैको पुनरुत्थानलाई स्वीकार गर्दै सुधारको समग्र प्रवृत्ति माथि उठिरहेको बताएका थिए । यस्तै डिसेम्बरमा ० दशमलब २ प्रतिशतले वृद्धि भएको आयात पनि जनवरी–फेब्रुअरीमा ३ दशमलब ५ प्रतिशतले बढेको छ ।

    यसअघि चीनले ११ महिनाका लागि आयातमा नियन्त्रण गर्दै मुद्रास्फीतिलाई थप भयावह बन्नबाट जोगाएपछि अक्टोबरदेखि निर्यात दर केही सम्हालिएको थियो ।

    सन् २०२३ मा चीन र रुसबिचको व्यापार उच्च विन्दुमा पुगे पनि पहिलो दुई महिनामा रुसबाट हुने आयात कम बलियो बनेको थियो । एजेन्सी


    अर्थ चाैतारी
  • शुक्रबार, २५ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट