logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सरकारको खर्च गत वर्षभन्दा १३ प्रतिशतले बढ्यो, सात महिनामा ६ खर्ब ८६ अर्ब रुपैयाँ खर्च

    सरकारको खर्च गत वर्षभन्दा १३ प्रतिशतले बढ्यो, सात महिनामा ६ खर्ब ८६ अर्ब रुपैयाँ खर्च

    858
    SHARES
    सरकारको खर्च गत वर्षभन्दा १३ प्रतिशतले बढ्यो, सात महिनामा ६ खर्ब ८६ अर्ब रुपैयाँ खर्च

    काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको सात महिनामा ६ खर्ब ८६ अर्ब रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा यसवर्ष १३ प्रतिशतले बढी खर्च भएको नेपाल राष्ट्र बैँकले जनाएको छ । सात महिनामा चालु तर्फ पाँच खर्ब नौ अर्ब चार करोड रुपैयाँ खर्च भएको छ । यो रकम कर्मचारीको तलब भत्तालगायतमा खर्च भएको हो ।



    विकासतर्फ हुने पुँजिगत खर्च ६३ अर्ब ५८ करोड रुपैयाँ मात्र खर्च भएको छ । यस्तै, वित्तीय व्यवस्थाका निम्ति एक खर्ब १४ अर्ब १३ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैँकले जनाएको छ । सात महिनाको अवधिमा प्रदेश तथा स्थानीय सरकारमा पाँच खर्ब ६७ अर्ब ४० रुपैयाँ राजस्व परिचालन भएको छ ।

    कर राजस्वबाट पाँच खर्ब १० अर्ब ५० करोड र गैरकर राजस्वबाट ५६ अर्ब ९१ करोड रुपैयाँ परिचालन भएको छ ।

    यसैबीच नेपालसँग १४ महिनाका निम्ति आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको राष्ट्रबैँकले जनाएको छ । राष्ट्र बैँकका अनुसार, पछिल्लो सात महिनामा विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बढेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो । त्यस्तै चालु आर्थिक वर्षको सात महिनामा आठ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको पनि राष्ट्रबैँकले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट