logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गृह सचिवमा एकनारायण अर्याल

    गृह सचिवमा एकनारायण अर्याल

    871
    SHARES
    गृह सचिवमा एकनारायण अर्याल

    काठमाण्डौ । गृह सचिवको जिम्मेवारी एकनारायण अर्यालले पाएका छन्। गत फागुन २१ गते नयाँ गृहमन्त्रीका रुपमा रवि लामिछाने आएपछि अर्यालले सचिवको जिम्मेवारी पाएका हुन्।



     

    सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको हो। गृहका वर्तमान सचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ।

     

    अर्याल निजामती सेवा प्रवेश पनि गृहबाटै गरेका थिए। अर्याल यसअघि सहसचिव हुँदा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी थिए। अर्यालले सचिवका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन्।

     

    त्यसअघि सहसचिव हुँदा काठमाण्डौको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) , काठमाण्डौ महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत र कोलकातास्थित महावाणिज्यदूतका रुपमा पनि उनले काम गरेका थिए। अर्याललाई सुधारवादी प्रशासक मानिन्छ। अर्याल भावी मुख्यसचिवका लागि दाबेदारमध्ये एक हुन्।


    अर्थ चाैतारी
  • सोमबार, २८ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट