काठमाण्डौ । एसियाली विकास बैंकको ५७ औं वार्षिक बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री वर्षमान पुन सहभागी हुने भएका छन् । बैठक २०–२३ वैशाखसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुनेछ ।
हिजो बसेको मन्त्रीपरिषद् बैठकले जर्जियाको तिबिलिसीमा हुने एसियाली विकास बैङ्कको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको हो ।
बैठकले संयुक्त राष्ट्र संघ मातहतको ‘सीएसडब्यू’ को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिएको छ ।
यस्तै दक्षिण कोरियामा आगामी चैत २८ गते हुने २२ औँ राष्ट्रिय सभाको निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । बैठकले अप्पर मादी जिरो खोला जलविद्युत आयोजना ४३ मेगावाट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको मादी गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल जम्मा १६ दशमलव ९३ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।
अर्थ चाैतारी ।