logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मलेसियाले जेठ १८ देखि आप्रवासी श्रमिकलाई नलिने

    मलेसियाले जेठ १८ देखि आप्रवासी श्रमिकलाई नलिने

    1.9K
    SHARES
    मलेसियाले जेठ १८ देखि आप्रवासी श्रमिकलाई नलिने

    काठमाण्डौ । मलेसियामा आप्रवासी श्रमिकले जेठ १८ गतेदेखि केही समयका निम्ति प्रवेश नपाउने भएका छन्। अहिले मलेसियामा आप्रवासी श्रमिक बिचल्लीमा पर्ने गरेपछि तत्कालका लागि त्यहाँको सरकारले यो उपाय अवलम्बन गरेको हो।



     

    मलेसियामा आप्रवासी श्रमिकमा सबैभन्दा बढी बङ्गालीहरू छन्। उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकहरूले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएको हुँदा मलेसियाले आप्रवासी श्रमिक प्रवेशमा रोक लगाएको श्रम मन्त्रालय तथा रोजगार मन्त्रालयका अधिकारीहरू बताउँछन्।

     

    वैदेशिक रोजगारीका क्रममा मलेसियामा जाने नेपाली श्रमिक २०७९–८० मा मात्रै २ लाख ५९ हजार रोजगारीका लागि पुगेका थिए। जसमा २ लाख ५२ हजार २ सय ९५ पुरुष र ७ हजार २ सय ९९ जना महिलाले श्रम स्वीकृति लिएका छन्। नेपालीहरूका लागि ६ वटा खाडी मुलुक र मलेसिया आकर्षक गन्तव्यका रूपमा रहेका छन्।

    चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियामा मागभन्दा आपूर्ति बढी भएको हुँदा त्यसको आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै मलेसियाले आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको छ।

    मलेसियाको गृह मन्त्रालयले आवश्यक पर्ने आप्रवासी श्रमिकलाई मे ३१ अघि नै ल्याइसक्नुपर्ने रोजगारदाता कम्पनीलाई समय सीमा तोकिदिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए।

     

    ‘नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया हुँदै गर्दा मलेसिया सरकारले आप्रवासी प्रवेशमा अधिकतम सङ्ख्या २५ लाख ५० हजार निश्चित कोटा खुला गरिएको थियो। अहिले उक्त मलेसियामा आप्रवासी जानेको कोटा पुरा भइसकेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट