logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा

    श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा

    767
    SHARES
    श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा

    काठमाण्डौ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो ।



    मन्त्रालयका अनुसार सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । विभागले गरेको सिफारिस अनुसार समस्याग्रस्त घोषणा गरेको जनाइएको छ ।

    सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट