logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतीय सेयर बजार ‘क्र्यास’, लगानीकर्ताको डुब्यो १३ खर्ब भारु

    भारतीय सेयर बजार ‘क्र्यास’, लगानीकर्ताको डुब्यो १३ खर्ब भारु

    988
    SHARES
    भारतीय सेयर बजार ‘क्र्यास’, लगानीकर्ताको डुब्यो १३ खर्ब भारु

    नयाँ दिल्ली । भारतीय सेयर बजारमा बुधबार हाहाकार देखियो । कारोबार सुरु हुने बित्तिकै बजार क्र्यास भयो । त्यहाँको प्रमुख शेयर परिसूचक बीएसई एक हजार अङ्क भन्दा धेरैले घटेको थियो ।



    दिउँसो २ः३० बजे सेन्सेक्स १ हजार ४६ अङ्कले घटेर ७२ हजार ६२१ अङ्कमा आएको थियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो १ दशमलव ४२ प्रतिशत कम थियो । योसँगै बीएसईमा सूचिकृत कम्पनीहरूले केही घण्टाको अन्तरालमै १२ खर्ब देखि १३ खर्ब भारुबिचको बजार पुँजीकरण गुमाए । अर्को प्रमुख शेयर परिसूचक निफ्टी १ दशमलव ७४ प्रतिशत अर्थात् ३८८ अङ्कले घटेर २१ हजार ९४७ अङ्कमा आएको थियो । अन्य सूचकाङ्कहरू पनि रक्ताम्मे थिए ।

    अघिल्लो रात अमेरिकी शेयर बजार कीर्तिमानी स्तरमा पुगेका थिए । यो वृद्धिलाई बेवास्ता गर्दै भारतीय बजारमा भने हाहाकार देखियो । मार्चमा विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय शेयर किन्न थालेका थिए । यो महिनाको अहिलेसम्मको अवधिमा ३ खर्ब लगानी भित्रिएको थियो । यस्तोमा शेयर बजार रक्ताम्मे हुनुमा बाह्य भन्दा पनि आन्तरिक कारणहरू जिम्मेवार देखिएका छन् ।

    किन धराशायी बन्यो बजार ?
    हालैका दिनमा सेबी प्रमुखले मिडक्याप र स्मल क्याप शेयरबारे चिन्ता व्यक्त गरेका थिए । यी शेयरहरूमाथि हेराफेरीको सङ्केत मिलेको भन्दै उनले यिनीहरूमाथि वक्रदृष्टि राख्ने बताएका थिए । एसएमईहरूको आईपीओमा पनि गडबडीको सङ्केत भएको बताइएको थियो । यसप्रति उनले लगानीकर्ताहरूलाई सतर्क रहन भनेका थिए । सेबीको यो अभिव्यक्ति पछि शेयर बजारको मनोबल फेरिएको हो । यसकै असरले बजारमा सेल अफ देखिएको हो । एजेन्सी


    अर्थ चाैतारी
  • बुधबार, ३० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट