logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई सहयोग

    एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई सहयोग

    806
    SHARES
    एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई सहयोग

    काठमाण्डौ । एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ। बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।



     

    एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो। कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले आश्रमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

     

    एक्सप्रेस सेवा मार्फत नेपालमा माईपे मनी ट्रान्सफरमा पठाएको पहिलो कारोबार रकम बराबर हुन आउने रु२५ हजार मानव सेवा आश्रममा सहयोग गरेको जनाएको छ। एक्सप्रेस सेवा मार्फत विश्वका विभिन्न ३५ भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सकिन्छ। मनवसेवा आश्रमले अनाथ तथा असहाय मानिसहरूको लागि सहारा बन्दै आश्रय दिँदै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट