logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • राष्ट्र बैंकले ल्यायो भारतीय नागरिकको तलब भुक्तानीमा सहज व्यवस्था

    राष्ट्र बैंकले ल्यायो भारतीय नागरिकको तलब भुक्तानीमा सहज व्यवस्था

    1.4K
    SHARES
    राष्ट्र बैंकले ल्यायो भारतीय नागरिकको तलब भुक्तानीमा सहज व्यवस्था

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकको तलब भुक्तानीमा सहज व्यवस्था ल्याएको छ । नेपाल राष्ट्र बैंकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु १ लाख जम्मा हुने गरी पारिश्रमिकबापतको सटही सुविधा दिन पाउने व्यवस्था गरेको छ।



    राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै यो व्यवस्था थप गरेको हो। नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आबद्ध विद्युतीय बैंकिट (ई–बैंकिङ)अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रेसपोन्स कोडमार्फत राष्ट्रिय मुक्तानी स्विच (एनपीएस)का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५हजार र भारु १ लाख जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा प्रदान गर्न सकिनेछ। तर, यस्तो सटही सुविधामा उपदफा १ र २ मा उल्लिखित सीमासमेत लागू हुने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवस्था मिलाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

     

    यसैगरी भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको ‘इन्डो–नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किम’को अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ्ग (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (एनपीएस)का माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउन सकिने व्यवस्था पनि राष्ट्र बैंकले थपेको छ।

    त्यस्तै नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा बोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (एनपीएस)का माध्यमबाट स्वीकार गर्न सकिने व्यवस्था पनि थप गरिएको छ। यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोका निराकरण/न्यूनीकरणका उपायहरु सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक आफैले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    एकीकृत परिपत्र–२०८० को एकीकृत इ.प्रा. परिपत्रः ७/२०८० को दफा १ र २ मा उल्लिखित परिवर्त्य्य विदेशी मुद्राको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आबद्ध क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (एनपीएस)का माध्यमबाट विदेशमा भुक्तानी हुन सक्ने गरी प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट