logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लिबर्टी माइक्रो लाइफको प्रथम वार्षिक साधारणसभामा ५ सञ्चालक निर्विरोध चयन

    लिबर्टी माइक्रो लाइफको प्रथम वार्षिक साधारणसभामा ५ सञ्चालक निर्विरोध चयन

    871
    SHARES
    लिबर्टी माइक्रो लाइफको प्रथम वार्षिक साधारणसभामा ५ सञ्चालक निर्विरोध चयन

    काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले पोखराको न्युरोडस्थित प्रधान कार्यालयमा प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।



    सभाले कम्पनी ऐनमा रहेको कम्पनीको प्रकृतिअनुरुपको थप व्यवस्थामा तथा कम्पनीको नियमावली दफा ४९ मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट संशोधन, फेरबदल वा थपघट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सोबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

    सभाले कम्पनीको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरेको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यमा ४ जना शेयरधनीहरु निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले कम्पनी ऐन २०६३ मा व्यवस्था भए अनुसार आशिष सिंहलाई ४ वर्षको लागि स्वतन्त्र विशेषज्ञ सञ्चालक नियुक्त गरेको छ ।

    सभाले चालु आथिक वर्ष २०८०८० का लागि सञ्चालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक सभाले अनुमोदन गरेको छ ।

    प्रथम वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट