काठमाण्डौ । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो ।
सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।
पुन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव पनि हुन् ।
अर्थ चाैतारी ।