logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ

    नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ

    871
    SHARES
    नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ

    काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पौने २४ खर्ब पुगेको हो । असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको नेपालको सार्वजनिक ऋण बढेर फागुन मसान्तसम्म आइपुग्दा २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षको ८ महिनामा ९२ अर्ब ८३ करोड रुपैयाँले ऋण बढेको हो ।



     

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ ऋण रहेको छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

     

    यो अवधिमा आन्तरिक ऋणको साँवा व्याज १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणको सावा ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपालको सार्वजनिक ऋण हरेक वर्ष बढ्दो क्रममा छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट