काठमाण्डौ । गृह मन्त्रालयले मिटरब्याजपीडितका गुनासाको तत्काल सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको छ।मन्त्रालयले मिटरब्याजसम्बन्धी पीडितहरूका गुनासाको तत्काल सम्बोधन गर्ने शाखा अधिकृत चिरञ्जीवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकेको छ।
उनले जिल्ला प्रशासन कार्यालयहरु तथा सम्बन्धित अन्य निकायसँग समन्वय गर्ने मन्त्रालयले जनाएको छ।
त्यस्तै मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा पनि अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकेर सहजीकरण डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ।
डेस्कमा खटिने कर्मचारीहरूको विवरण कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ।
त्यसअघि सरकारले गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पनि गृह मन्त्रालयमा मिटरब्याजपीडितका समस्या समाधानका लागि छुट्टै डेस्क स्थापना गर्न सुझाव दिएको थियो।
यसअघि गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गत फागुन २८ मा ४ बुँदे सहमति भएको थियो।
अर्थ चाैतारी ।