logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

    नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

    1.2K
    SHARES
    नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

    लुम्बिनी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । अवैतनिक कन्सुलर कर्प्स नेपाल एसोसिएसनले आयोजना गरेको ‘लुम्बिनी कन्क्लेभ’लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।



     

    अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढी भन्दा बढी लगानीकर्ताहरूलाई सहभागी गराई लगानी जुटाउन पनि कूटनीतिक समुदायलाई आग्रह गरे ।

     

    उनले शान्ति र समृद्धिबिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कूटनीतिक समुदायलाई आग्रह गरेका हुन् । ‘शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्रपूर्वक सञ्चालन हुँदा लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्छ,’ उनले भने ।

     

    आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गरे ।


    अर्थ चाैतारी
  • शनिबार, १० चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट