logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सुन तस्करी प्रकरणः दोषी प्रहरीलाई कारबाही गर्न नयाँ समिति गठन

    सुन तस्करी प्रकरणः दोषी प्रहरीलाई कारबाही गर्न नयाँ समिति गठन

    2K
    SHARES
    सुन तस्करी प्रकरणः दोषी प्रहरीलाई कारबाही गर्न नयाँ समिति गठन

    काठमाण्डौ । सुन तस्करी प्रकरणमा दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न गृहमन्त्रालयले नयाँ समिति गठन गरेको छ ।



    अनुसन्धानमा लापरवाही गर्ने, अभियुक्तलाई फगाउन सहयोग गर्ने प्रहरीलाई कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो ।

    समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहेका छन् ।

    समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ । जाँचबुझ आयोगले चारजना प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ११ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट