logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सुपुर्दगी सन्धि नहुँदा जीवी राईलाई ल्याउन गाह्रो भयोः आईजीपी कुँवर

    सुपुर्दगी सन्धि नहुँदा जीवी राईलाई ल्याउन गाह्रो भयोः आईजीपी कुँवर

    819
    SHARES
    सुपुर्दगी सन्धि नहुँदा जीवी राईलाई ल्याउन गाह्रो भयोः आईजीपी कुँवर

    काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीवी राई भएको बताएका छन् । राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्यूको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौँ ।’



    आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको बताए ।

    ‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ’, कुँवरले भने, ‘मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालयमार्फत पठाइसकेका छौँ ।’

    तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उनले बताए । यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको उनले बताए ।

    हाल सूर्यदर्शन सहकारीसँग जोडिएका ५ जना पुर्पक्षका लागि थुनामा छन् भने १५ जना फरार छन् ।

    file image


    अर्थ चाैतारी
  • बुधबार, १४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट