logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गत वर्ष स्पेनको सार्वजनिक ऋण ४.७ प्रतिशतले बढ्यो

    गत वर्ष स्पेनको सार्वजनिक ऋण ४.७ प्रतिशतले बढ्यो

    923
    SHARES
    गत वर्ष स्पेनको सार्वजनिक ऋण ४.७ प्रतिशतले बढ्यो

    काठमाण्डौ । २०२३ मा स्पेनको सार्वजनिक ऋण ४.७ प्रतिशतले बढेको छ । स्पेनको सार्वजनिक ऋण सन् २०२३ मा वार्षिक ४.७ प्रतिशतले बढेर १ हजार ५ सय ७४ बिलियन यूरो पुगेको बैंक अफ स्पेनले बुधबार जनाएको छ ।



     

    स्पेनको सार्वजनिक ऋण–जीडीपी अनुपात २०२३ मा चार प्रतिशत बिन्दुले १ सय ७ं.७ प्रतिशतमा झरेको छ । सरकारले सन् २०२४ को अन्त्यसम्ममा अनुपात १ सय ६ दशमलव ३ प्रतिशतमा ल्याउने वाचा गरेको थियो । भर्खरैको एक प्रतिवेदनमा, स्पेनले “उच्च सार्वजनिक ऋण कम गर्न ठूलो प्रयास गर्नुपर्ने युरोपेली संघले जनाएको छ ।

    स्पेनमा सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको अनुपात घट्दै गएको भएतापनि बजेटको दिगोपनमा हुने जोखिम मध्यम अवधिमा उच्च मानिने प्रतिवेदनले उल्लेख गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट