logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • थप तीन महिनाका लागि नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण

    थप तीन महिनाका लागि नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण

    2.7K
    SHARES
    थप तीन महिनाका लागि नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण

    काठमाण्डौ । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो ।



    सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

     

    त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।

    अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ ।

     

    असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने उनले बताए ।


    अर्थ चाैतारी
  • विहिबार, १५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट