logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन, जलवायु परिवर्तन तथा श्रम आप्रवासन लगाएतमा छलफल हुँदै

    नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन, जलवायु परिवर्तन तथा श्रम आप्रवासन लगाएतमा छलफल हुँदै

    1.4K
    SHARES
    नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन, जलवायु परिवर्तन तथा श्रम आप्रवासन लगाएतमा छलफल हुँदै

    काठमाण्डाै । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ । बिहीबार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फर्स्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु गरेको हो ।



     

    चैत १५ गते बिहीबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ । अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएकाले अर्थशास्त्रले विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको आयोजकले बताएको छ ।

     

    नेपालजस्तो जटिल र पृथक् भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न र उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको अवस्थालाई मध्यनजर गरी सम्मेलन गरिएको आयोजकले बताएको छ ।

     

    सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ । विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अङ्गीकार गर्दै अर्थतन्त्र बिस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको सम्मेलनले खोजी गर्ने विश्वास राखिएको छ ।

     

    सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाण्डौ, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आङ्गिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ । सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रश्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुनेछ । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट