logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विश्व बैङ्कको प्रक्षेपणः नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने, खाद्य तथा पेय पदार्थको मुद्रास्फीति बढ्यो

    विश्व बैङ्कको प्रक्षेपणः नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने, खाद्य तथा पेय पदार्थको मुद्रास्फीति बढ्यो

    819
    SHARES
    विश्व बैङ्कको प्रक्षेपणः नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने, खाद्य तथा पेय पदार्थको मुद्रास्फीति बढ्यो

    काठमाण्डौ । सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम ६.७ प्रतिशतसम्म रहने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति ६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।



     

    चालू आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्य अभिवृद्धि कर (भ्याट)मा छुट दिएकोमा त्यसले पनि मुद्रास्फीति बढाएको उल्लेख छ।

     

    यस वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति बढेको छ । चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध र मरमसलामा देखिएको मूल्यवृद्धिको असर समग्र मुद्रास्फीतिमा देखिएको छ । गतवर्ष नेपालको आर्थिक वृद्धिदर १ दशमलव ९ प्रतिशत रहेकोमा यसवर्ष ३ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै आगामी वर्ष अर्थात् सन् २०२५ मा आर्थिक वृद्धिदर औसत ५ प्रतिशत हाराहारी रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ ।

    यसअघि विश्व बैङ्कले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ मार्फत् वर्ष २०२३/२४ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत र वर्ष २०२४/२५ मा ५ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर अहिले उक्त अनुमान घटाएको छ ।

     

    चालू वर्षको अर्धवार्षिक अवधिमा रेमिट्यान्स आप्रवाह जिडिपीको तुलनामा १०.९ प्रतिशतबाट बढेर १२.३ प्रतिशत पुगेको र व्यापार घाटा जिडिपीको १३।२ प्रतिशतबाट घटेर ११.६ प्रतिशत रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।


    अर्थ चाैतारी
  • विहिबार, २२ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट