logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • २०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

    २०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

    1.6K
    SHARES
    २०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

    काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४ का लागि भारतको जीडीपी प्रक्षेपण १.२ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याएको छ । विश्व बैंकले सेवा र औद्योगिक क्षेत्रमा वृद्धि हुने अपेक्षा गरेकाले अनुमान बढेको हो ।



    जबकि आर्थिक वर्ष २०२५ को कुल गार्हस्थ उत्पादनको अनुमान ०.२ प्रतिशतले बढेर ६.६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०२४ देखि २०२५ बीचको वृद्धिमा आएको सुस्तताले गत वर्षको तुलनामा लगानीमा आएको गिरावटलाई झल्काउँछ। अर्कोतर्फ, मुद्रास्फीतिको दबाब आगामी महिनाहरूमा कम हुने अपेक्षा गरिएको छ।

     

    यसले भारतको केन्द्रीय बैंक आरबीआईलाई ब्याजदर घटाउन सजिलो बनाउनेछ। सरकारी ऋण पनि घट्ने अनुमान छ । आर्थिक वर्ष २०२५-२०२६ मा जीडीपी वृद्धि ६.५ प्रतिशत हुने अनुमान गरिएको छ । विश्व बैंकले गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुमान ६.५ प्रतिशत राखेको छ।

     

    विश्व बैंकको यो प्रक्षेपण घरेलु मागमा बृद्धि, सार्वजनिक पूर्वाधारमा भएको खर्च र निजी क्षेत्रको कर्जाको बलियो बृद्धिबाट प्रभावित छ । यद्यपि विश्व बैंकले उच्च खाद्य मुद्रास्फीति र मागको कमीका कारण निजी उपभोग वृद्धि न्यून रहनसक्ने आँकलन गरेको छ । आरबीआईले २०२५ मा ७ प्रतिशतको जीडीपी ग्रोथ हुने दाबी गर्दै आएको छ ।

    दुई महिनाअघि मौद्रिक नीति समितिको बैठकपछि रिजर्भ बैंकले जीडीपी र मुद्रास्फीतिको अनुमान सार्वजनिक गरेको थियो । सो क्रममा वित्त वर्ष २०२५ मा वास्तविक जीडीपी वृद्धि अनुमान ६.७० प्रतिशतबाट ७ प्रतिशतमा बढाएको थियो । खुद्रा मुद्रास्फिति ४.५० प्रतिशत अनुमान गरेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २३ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट