logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • डिब्यानले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा कल्पना राजवंशी प्रथम

    डिब्यानले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा कल्पना राजवंशी प्रथम

    1.5K
    SHARES
    डिब्यानले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा कल्पना राजवंशी प्रथम

    काठमाण्डौ । विश्व वित्तिय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ ।



    “Initiatives in fostering financial literacy in Capital Market of Nepal” विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम हुनुभएको छचएकी छन् । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय र मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएका छन् । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

    फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो ।

    प्रतियोगितामा सहभागिताको अन्तिम दिन चैत्र ०७ गते साँझ ५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको छ ।

    धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरुउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो ।

     

    विश्व वित्तिय सप्ताह  किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा बर्षेनी मनाइने अभियान हो । यो सप्ताह हरेक वर्ष Organization of Economic Cooperation and Development (OECD)को आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजन तथा नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणको सहसंयोजकत्वमा नेपालमा पनि मनाइने गरिएको छ ।

    विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्ने जनाएको छ ।

     

    विश्व वित्तिय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा बर्षेनी मनाइने अभियान हो । विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।


    अर्थ चाैतारी
  • शनिबार, २४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट