logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चैतभित्रै सबै जिल्लामा किताब पुग्छः जनक शिक्षा

    चैतभित्रै सबै जिल्लामा किताब पुग्छः जनक शिक्षा

    1.5K
    SHARES
    चैतभित्रै सबै जिल्लामा किताब पुग्छः जनक शिक्षा

    काठमाण्डौ । जनक शिक्षा सामग्री केन्द्रले २८ चैतभित्रै सबै जिल्लामा किताब पुग्ने बताएको छ ।



    नयाँ शैक्षिक सत्रको लागि ७१ जिल्लाका वितरण केन्द्रमा किताब पुगिसकेको केन्द्रको भनाई छ । २ वटा जिल्लाका लागि आज वितरण भइरहेको र बाँकी जिल्लाहरूमा भोलिरदेखि वितरण सुरू हुने केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार हिजादेखि दाङ र कञ्चनपुरका लागि पुस्तक वितरण भइरहेको छ । बाँके, बर्दिया, कैलाली र सोलुखुम्बु जिल्लाको लागि वितरण हुन बाँकी छ ।

    केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ‘२८ गतेसम्म ७७ जिल्लामा किताब पुग्छ ।’

    केन्द्रले कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक १ करोड ४७ लाख सेट पुस्तक प्रकाशन गरी वितरण गरिरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट