काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर (आइपीओ) निस्कासन गर्ने भएको हो ।
आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेको हुन् ।
अर्थ चाैतारी ।