logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

    महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

    936
    SHARES
    महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

    काठमाण्डौ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो ।



    यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

    यसै गरी बैंकले आगामी ५ वर्ष सम्ममा १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोष मार्फत सोही विश्वविद्यालयबाट क्त्भ्ः ९विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित० विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउदै लगिने छ ।

    यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एमइ स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एमएससी इ एस) हाल अध्ययनरत छन् । यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरुमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएको छ ।

    यी प्रयासहरूले लक्ष्मी सन्राईज बैंकको शिक्षित लक्ष्मी मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ। लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।


    अर्थ चाैतारी
  • विहिबार, ३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट