काठमाण्डौ । विभिन्न सहकारीको रकम अपचलन प्रकरणमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा दलहरू सहमतिनजिक पुगेका छन् ।
सिंहदरबारमा नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सम्मिलित कार्यदलको बैठकले कार्यदेश टुङ्ग्याउन प्रयासरत रहेको रास्वपाका सांसद शिशिर खनालले बताए ।
संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछाने, उनीसँग जोडिएको कम्पनी र सहकारीको नाम उल्लेख गर्नुपर्ने अडान काँग्रेसले दोहो¥याएको छ । तर, एमाले र रास्वपाले यसमा सहमति जनाएका छैनन् ।
अर्थ चाैतारी ।