logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • हरेक नेपालीको भागमा ८२ हजारभन्दा धेरै ऋण, सार्वजनिक ऋण झन्डै २४ खर्ब पुग्यो

    हरेक नेपालीको भागमा ८२ हजारभन्दा धेरै ऋण, सार्वजनिक ऋण झन्डै २४ खर्ब पुग्यो

    1.6K
    SHARES
    हरेक नेपालीको भागमा ८२ हजारभन्दा धेरै ऋण, सार्वजनिक ऋण झन्डै २४ खर्ब पुग्यो

    काठमाण्डौ । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।



    अब नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव शून्य दुई प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ ले भाग गर्दा हरेक नेपालीको भागमा ८२ हजार एक सय ८८ रुपैयाँभन्दा धेरै ऋण पर्न आउँछ ।

    २३ खर्ब ९७ अर्ब रुपैयाँमध्ये आन्तरिकतर्फ ११ खर्ब ८४ अर्ब र वैदेशिक ऋणको हिस्सा १२ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामै ९८ अर्ब आठ करोड रुपैयाँ ऋण थपिएको छ ।

    वैशाख महिनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ । समग्रमा यो वर्षको १० महिनामा सरकारले दुई खर्ब ६४ अर्ब रुपैयाँ ऋण लिएको छ । यो वर्षभरिमा सरकारले चार खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ ।

    यस्तै १० महिनामा सरकारले दुई खर्ब ३३ अर्ब रुपैयाँ साँवा र ब्याज भुक्तानी गरेको छ ।

    साउनदेखि वैशाखसम्म एक खर्ब ६६ अर्ब रुपैयाँ सावाँ र ६६ अर्ब ७२ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको कार्यालयले जनाएको छ । यो वर्ष सरकारले ऋण तिर्नका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट