logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने

    नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने

    1.6K
    SHARES
    नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने

    काठमाण्डौ । सरकारले नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीको भिसा सहजीकरण गर्ने भएको छ । संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्मामान पुनले बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।



     

    पुनले नेपालका विश्वविद्यालय तथा विदेशका विश्वविद्यालयहरुको सम्बन्ध बढाएर विद्यार्थीहरुको आदान प्रदान गर्ने बताएका छन् । अर्थमन्त्रीले शिक्षा क्षेत्रमा २ खर्ब ३ अर्ब ६६ करोड बजेट छुट्याएको भन्दै यस्तो प्याकेज ःल्याएको बताएका हुन् ।

    नेपालका त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय आदिमा विदेशी विद्यार्थीहरु पढ्न आउने गरेका छन् । काठमाण्डौ विश्वविद्यालयमा मात्रै अहिलेसम्म पाँच हजार विद्यार्थी हरुविदेशबाट आएर अध्ययन गरेको तथ्यांक छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट