logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • सहकारी छानबिन विशेष समिति कानुनी परामर्शमा, अर्को बैठक १० गते

    सहकारी छानबिन विशेष समिति कानुनी परामर्शमा, अर्को बैठक १० गते

    1.1K
    SHARES
    सहकारी छानबिन विशेष समिति कानुनी परामर्शमा, अर्को बैठक १० गते

    काठमाण्डौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।



    बुधवार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

    बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए । उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको जानकारी दिए ।

    बुधबार समितिले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल गरेको हो ।

    ‘आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग हामीले परामर्श र छलफल गरेका छाैँ’, सभापति थापाले भने, ‘कार्यादेशसँग सम्बन्धित विषयहरूमा कतिपय कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरू पनि सँगसँगै थिए ।’

    उनीहरूसँगको छलफलले संविधान, कानुन र अभ्यासहरूले गरेका प्रबन्धका सन्दर्भमा स्पष्टता महसुस भएको सभापति थापाले बताए । समितिले अर्को बैठक असार १० गते बस्ने तय भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट