logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • २१ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

    २१ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

    702
    SHARES
    २१ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

    काठमाण्डौ । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।



    कार्यालयले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो ट्रेजरी साउन २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका नवीकरण गर्न लागेको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी असोज २२ गते परिपक्व हुनेछ ।

    साथै, कार्यालयले १ वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो ट्रेजरी २०८२ असार २४ गते परिपक्व हुनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट