logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एडुसन्जाल र आइएमई पेबिच साझेदारी

    एडुसन्जाल र आइएमई पेबिच साझेदारी

    2.9K
    SHARES
    एडुसन्जाल र आइएमई पेबिच साझेदारी

    काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जालबिच एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ।



    यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एप मार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन् ।

    यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने “आइएमई क्वीज” नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।

    साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट