logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेरुडे मिर्मिरे लघुवित्तको नाफा ४४.७० करोड रुपैयाँ, एनपीएल ६.६० प्रतिशत

    नेरुडे मिर्मिरे लघुवित्तको नाफा ४४.७० करोड रुपैयाँ, एनपीएल ६.६० प्रतिशत

    1.1K
    SHARES
    नेरुडे मिर्मिरे लघुवित्तको नाफा ४४.७० करोड रुपैयाँ, एनपीएल ६.६० प्रतिशत

    काठमाण्डौ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि वित्तीय विवरण सार्वजनिक गर्दा लघुवित्तको नाफा बढेको देखिन्छ ।



    समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा (एनपीएल) बढेर ६.६० प्रतिशत पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ५.०५ प्रतिशत थियो ।

    गत असारसम्म लघुवित्तले १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ ।

    लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ५ करोड २९ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ६२.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५३ गुणा रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट