काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् ।
सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी र लामिछानेबिच सम्झौतामा हस्ताक्षर भएको हो ।
सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीको एम्बासेडर रहनेछन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।
सम्झौता पछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए । ‘बृज सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, लामिछानेले भने ।
यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सल्टेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । साथै उनले नेपाली क्रिकेट र शिक्षा जगलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए ।
`सन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सल्टेन्सीलाई ठुलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउँछ,´ गिरीले भने ।
अर्थ चाैतारी ।