logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बाढीपहिरो प्रभावित पालिकाहरूलाई बाग्मती प्रदेशले ५ करोड ८० लाख रुपैयाँ दिने

    बाढीपहिरो प्रभावित पालिकाहरूलाई बाग्मती प्रदेशले ५ करोड ८० लाख रुपैयाँ दिने

    1.7K
    SHARES
    बाढीपहिरो प्रभावित पालिकाहरूलाई बाग्मती प्रदेशले ५ करोड ८० लाख रुपैयाँ दिने

    काठमाण्डौ । बाग्मती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित पालिकाहरूलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।



    शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

    बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित भएका पालिकाहरूलाई तीन वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ पालिकाहरूलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।


    अर्थ चाैतारी
  • शनिबार, १९ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट