logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बाढीपहिरो पीडितका लागि एसबीआई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग

    बाढीपहिरो पीडितका लागि एसबीआई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग

    1.5K
    SHARES
    बाढीपहिरो पीडितका लागि एसबीआई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग

    काठमाण्डौ । नेपाल एसबीआई बैंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंक पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।



    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो तथा डुबान प्रभावितहरुको राहतका लागि सहयोग रकम हस्तान्तरण गरेको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक कुमार देले बताए ।

    नेपाल एसबीआई बैंकले २०८० कार्तिकमा गएको जाजरकोट भूकम्पका प्रभावितलाई राहत स्वरुप २० लाख रुपैयाँ सहयोग गरेको थियो । सहयोग रकम हस्तान्तरणअघि बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई आवश्वयक खाद्यान्न खरिद गरेर समेत सघाएको थियो ।

    सो कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, श्री यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, श्री विकास आनन्द, श्री रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट