logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बीवाईडी च्यारिटी फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख प्रदान

    बीवाईडी च्यारिटी फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख प्रदान

    1.4K
    SHARES
    बीवाईडी च्यारिटी फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख प्रदान

    काठमाण्डौ ।नेपालमा बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन (सीबीसीएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।



    साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    केही दिन पहिले मात्रै आधिकारिक रुपमा फाउण्डेशनको स्थापनाको औपचारिक घोषणा गरिएको थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार फाउण्डेशनको औपचारिक घोषणापश्चात यो नै पहिलो योगदान हो । साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धता अनुरुप बाढीपहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषलाई रकम हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

    उनका अनुसार शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोपजन्य विपदको राहत जस्ता पहललाई मध्यनजर गर्दै फाउण्डेशन स्थापना गरिएको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले विपदको घडीमा पीडितहरुको सहयोगार्थ सहयोगी हात अघि बढाएको अध्यक्ष श्रेष्ठले बताए ।

    बीवाईडी च्यारिटी फाउण्डेशनले नागरिकको सामाजिक सुरक्षा एवं दिगो विकास लक्ष्यमा योगदान गर्ने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई केन्द्रमा राखेर आगामी दिनमा पनि आपतकालीन सहयोगको प्रतिवद्धता गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट